आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप

नेपालको उत्कृष्ट शुरुआत

नेपालद्वारा २२ वर्ष पछि मालदिभ्सलाई पराजित


  • माउन्टेन खबर
  • शनिबार, अशोज १६, २०७८
  • 359
    SHARES

काठमाडौं, १६ असोज

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अन्तिम समयमा गोल गर्दै तीन अङ्क जोडेको छ। मालदिभ्सको मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजकलाई १–० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट शुरुआत गरेको हो । नेपालका लागि ८६औँ मिनेटमा मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई तीन अङ्क दिलाए ।

मनिषले मध्य भागमा पाएको बललाई मालदिभ्सका चार रक्षात्मक खेलाडीहरूलाई छक्क्याउँदै सुन्दर गोल गरे। उनले मालदिभ्सको रक्षापंक्तिलाई छलाउँदै अघि बढेर गोल गरेको दृश्य नेपाली फुटबलमा लामो समय सम्झिने दृश्य रहने छ। खेलको ६९औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका मनिषले नेपाललाई एक स्मरणीय गोल दिएका छन्

खेल अवधिभर मालदिभ्सले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । नेपालको रक्षापंक्तिले मालदिभ्सको आक्रमणहरूलाई निस्तेज पारिरहे। नेपाली रक्षापंक्तिले अनुशासित भएर खेल्दै मालदिभ्सलाई गोल गर्ने कुनै मौका दिएनन्। नेपाली कप्तान किरण चेम्जोङले सधैँ झैँ केही उत्कृष्ट बचाउहरू गरेका थिए।

नेपालले पनि केही राम्रा आक्रमणहरू गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। नेपाली टोलीले एक ढिक्का भएर खेलेको कारण जित हात पार्न सफल भएको हो । नेपालले सन् १९९९को साफ खेलकुदमा मालदिभ्सलाई पराजित गरेपछि यो पहिलो पटक मालदिभ्सलाई पराजित गरेको हो ।

नेपाली टोलीले २२ वर्ष पछि मालदिभ्सलाई पराजित गरेको हो। यसअघि २२ वर्षको अवधिमा मालदिभ्ससँगको ७ खेल खेलेको नेपाल ५मा पराजित र २ बराबरीमा टुङ्गाएको थियो।

खेलपछिको प्रेस सम्मेलनमा खुसी देखिएका नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल जितको हकदार रहेको बताएका छन्। उनले मालदिभ्स विरुद्धको खेलका हिरो मनिष डाँगी रहेको र नेपाली टोली प्रतियोगिताको उपाधिको दाबेदार पनि रहेको बताए।

अहिलेको नेपाली टोलीलाई खारिन अझै समय चाहिने र समय पाएमा यो टोली खारिँदै जाने विश्वास पनि प्रशिक्षक अलमुताइरीले लिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }