बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरासँग ७ विकेटले पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरियो


  • माउन्टेन खबर
  • शनिबार, अशोज १६, २०७८
  • 397
    SHARES

१६ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट विराटनगर वारियर्सको यात्रा समाप्त भएको छ ।

शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो । कीर्तिपुरका त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । उनले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।

यसतै, रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदानी दिए । उनले पनि ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै साहन अर्चाचिगेले ४३ रनको योगदानी दिए ।

विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा सर्वाधिक ४४ रन जोडे । उनले ६ चौका प्रहार गरे । यस्तै सिकन्दर राजाले २० बलमा २९ रन जोडे ।

सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाए ।

पोखराका बिक्रम सोवले २ विकेट लिँदा विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक–एक विकेट लिए ।

यो जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार चार खेलमा पराजय भोगेको विराटनगर भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)