बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप

नेपालले आज दोस्रो खेल श्रील्रकासँग खेल्दै


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 340
    SHARES

काठमाडौं ,१८ असोज

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल श्रील्रकासँग खेल्दै छ। ​

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा  नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ।

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन्।​ ‘श्रीलंकाविरुद्ध  हामीले तीन अंकका लागि खेल्नेछौ। माल्दिभ्सविरुद्धको खेल अघि पनि भनेको थिए हामी गोर्खाली हौँ । हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ,’ कप्तान किरणले भनेका छन्। ‘ तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन। श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। सजिलो हुनेछैन।’

‘हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन्। तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ।’

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो। नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए। नेपाल तीन अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।

श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो।  आजै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)