शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राउतलाई दुईतिहाइको समर्थन


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 348
    SHARES

जनकपुरधाम ,२० असोज

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पद जोगिएको छ । मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिदाँ दुईतिहाइको समर्थन पाउदै पद जोगिएको हो ।

प्रदेशसभामा कुल १०७ सदस्य रहेकोमा राउतको पक्षमा ७७ मत पारेको थियो । यो  मत कुलमतको दुईतिहाइ मत हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)