शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ भर्नेको भीड


  • माउन्टेन खबर
  • बुधबार, अशोज २७, २०७८
  • 596
    SHARES

जनकपुर , २७ असोज

जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ भर्नेको भीड लागेको छ ।

राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड छ । विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन् । खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ ।

मिथिलामा छोरीको विदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ । जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ । त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीको लागि जाने गरेका छन् । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)