बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइपिएलको उपाधि चेन्नाई सुपर किंग्सलाई

याे जितसँगै चेन्नाइले चार पटक आइपिएलकाे उपाधि जितेकाे छ


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३०, २०७८
  • 404
    SHARES

काठमाडौं , ३० असोज

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।

दुबईमा शनिबार सम्पन्न फाइनल खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा तीन विकेट गुमाएर १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । चेन्नाईका लागि प्रारम्भिक ब्याट्सम्यान फाफ डु प्लेसिसले व्यक्तिगत ८६ रन बनाएका थिए । उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।

यस्तै चेन्नाईका लागि रुतुराज गाइकवाडले ३२, रोबिन उथप्पाले ३१ र मोइन अलिले ३७ रनको योगदान गरेका थिए ।

जवाफमा १९३ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले ९ विकेट गुमाएर १६५ रन मात्र बनाउन सकेको थियो । कोलकाताका लागि ओपनरद्वय शुभमन गिलले ५१ र बेंकटेस ऐयरले ५० रन बनाएका थिए । अन्य खेलाडीले खासै रन बनाउन सकेनन् ।

हिजोको खेलमा चेन्नाईका रबिन्द्र जडेजाले फिल्डिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

याे जितसँगै चेन्नाइले चार पटक आइपिएलकाे उपाधि जितेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)