बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पब्जी २ को विवरण लीक, अझै राम्रो लुक्स र एक्पेरियन्सयुक्त ग्राफिक्स उपलब्ध हुने


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३, २०७८
  • 597
    SHARES

३ कात्तिक, काठमाडौं 

पब्जी गेम निर्माता कम्पनी क्राफ्टनले छिट्टै  यसको सिक्वेल सार्वजनिक गर्न सक्ने संकेत देखिएको छ।

विशेष स्रोतका अनुसार गेमर्सहरुले आउँदो वर्ष अनरियल इन्जिन ५ मा आधारित पब्जी  सिक्वेल प्राप्त गर्न सक्नेछन्।

गत वर्ष भारतमा पब्जीमाथि प्रतिबन्ध लगाइएको थियो। यसपछि क्राफ्टन कम्पनीले नै ब्याटलग्राउन्ड मोबाइल इन्डिया नामक गेमको भारतीय संस्करण आईओएस तथा एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध गराएको थियो।

पब्जी गेमको प्रकाशक क्राफ्टनले हाल ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाको सट्टा पब्जी २ मा काम गरिरहेको र आउँदो वर्ष पब्जीको सिक्वेल सार्वजनिक गर्ने तयारीमा जुटेको आकलन गरिएको छ।

प्लेयरआईजीएन कम्पनीको रिपोर्ट अनुसार क्राफ्टनले पब्जी शीर्षककै नयाँ गेममा काम गरिरहेको प्रमाण प्राप्त भएको छ।

उसले यो गेम एपिक गेम्सको अनरियल इन्जिन ५ मा आधारित भएर चल्ने पनि खुलासा गरेको छ।

यसका बारेमा पत्ता लगाउने व्यक्तिले यो गेमको विवरणहरु पनि पोस्ट गरेको र अल्ट चार डटकमका अनुसार यो हाल उपलब्ध पब्जी गेमको अपडेटेड भर्सनको सट्टा छुट्टै गेम हुनसक्ने प्रबल सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)