मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टी-ट्‍वान्टी विश्वकप

श्रीलंकालाई पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 521
    SHARES

काठमाडौं , १६ कात्तिक

जारी टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह एकमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा इङ्ल्याण्डले श्रीलंकालाई पराजित गर्दै लगातारको चौथो जितपछि इङ्ल्याण्ड अन्तिम चारमा पर्न सफल भएको हो ।

श्रीलंका भने अब समूह चरणबाटै बाहिरिएको छ । सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

ओपनर जस बट्लरले १०१ रनको अविजित शतकीय पारी खेलेका थिए भने ओइन मोर्गनले ४० रनको योगदान दिलाएका थिए । जस बट्लरको यो टी-ट्‍वान्टी आइ करियरकै पहिलो शतक हो । जीतका लागि १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा समेटिएपछि इङ्ल्याण्डले यो खेल २६ रनले जितेको हो ।

यो जीतसँगै इङ्ल्याण्ड सुपर १२ को समूह एकमा चार खेलमा चार जीतका साथ आठ अंकसहित शीर्ष स्थानमा छ भने अष्ट्रेलिया तीन खेलमा दुईमा जीत र एकमा हारसहित चार अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । दक्षिण अफ्रिका पनि समान चार अंकसहित तेस्रो स्थानमा छ ।

आजको पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेश दिउँसो ३.४५ बजे खेल्दैछन् भने पाकिस्तान र नामिबिया साँझ ७.४५ बजे प्रतिस्पर्धा गर्दैछन् ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }