बिहिबार, बैशाख २०, २०८१

प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाईने मुख्यमन्त्री राजेन्द्रकुमार राई


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १८, २०७८
  • 434
    SHARES

काठमाडौं, १८ कात्तिक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको छ ।

बिहीवार काठमाडौँमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको हो । अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताउनुभयो । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाउनुभयो । उहाँले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन आग्रह गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, ‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरुलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ,त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरु खेजेर ठूलो बनाउने प्रयास गर्छौं, बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं, सांसदहरुलाई निरिह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसहरुबलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं, शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने कामहरु गर्नेछौँ, अघिल्लो सकरारले प्रदेशको नाम नामाकरण गर्न सकेन भन्दा पनि प्रयास नै गरेन, यदी प्रयास गरेको थियो भने नेकपा हुँदा आफैँमा दुई तिहाई सांसदहरु थिए, नाम तयार गर्न सक्छ तर त्यसलाई औपचारिक रुपमा छलफल गर्ने, संसदमा प्रवेश गराउने, काम नै गरेन, म यो तिहारपछि संसद शुरु भएदेखि नै नामलाई छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुंगो लगाउने ढंगले जान्छु र यसका लागि खास गरी दुई तिहाईको जरुरत पर्छ, त्यसको लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरुसँग पनि म सौहाद्रपूर्ण ढंगले छलफल गरेर यसलाई टुंगो लगाउने दिशामा अघि बढ्छु ।’

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताउनुभयो । उहाँले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताउनुभयो । न्यूज एजेन्सी नेपालसँग कुराकानीमा मुख्यमन्त्री राईले केन्द्रिय सरकारसँग ऋण लिएर भएपनि जनहीतका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने बताउनुभयो । उहाँले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, ‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, काार्यन्वयन हुन सकेको छैन, अहिले पनि एक हिसावले भन्ने हो भने केन्द्रियता नै केन्द्रिय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ,यसले अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन, बजेट पनि जति दिनुपर्ने दिएको छैन, सानातिना कामहरु स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो, तर सानातिना दुई÷चार लाख, १० लाखका योजनाहरु केन्द्रले अझै निरन्तरता दिइरहेको छ, केन्द्रबाट ऋण लिएर भएपनि काम जन अपेक्षाअनुसार भेट्ने गरी अगाडि बढ्नुपर्छ, बजेटको दुरुपयोग पनि छ, चुहावट छ, भ्रष्टाचार हुन्छ, गर्नुपर्ने काममा पैसा नलगाउने, नगर्नुपर्ने काममा पैसा उडाउने यस्तो कुरालाई म हटाएर बजेट ठूलो बनाएर भएको बजेटलाई सही ढंगले सदुपयोग गर्ने ढंगले अघि बढ्छु ।’

मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरुले भ्रष्टाचार गरेको बताउनुभयो । उहाँले बजेटलाई सही ठाउँमा प्रयोग नभएको बताउँदै ऐन, कानून बनाएर अनियमितता गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }