सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकपबाट भारत बाहिरियो, न्यूजील्यान्ड सेमिफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २२, २०७८
  • 276
    SHARES

अबुधाबीः भारत  टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । न्यूजील्यान्डले समूहका अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेसँगै भारत प्रतियोगिताबाट बाहिरिएको हो ।

अबुधाबीमा पहिले टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाएको थियो । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ३, टिम साउदीले २, एडम मिल्न, जेम्स निशाम र ईश सोढीले समान एकएक विकेट लिएका थिए ।

अफगानिस्तानका लागि नजिबुल्लाह जड्रानले ७३ रनको महत्वपूर्ण योगदान दिएका थिए । तर प्रारम्भिक अघिल्लो पंक्तिका ब्याट्सम्यानहरु हजरतुल्लाह जजई २, मोहम्मद शहजाद ४, रमानुल्लाह नाइब १५ रन बनाएर आउट भएका थिए ।

कप्तान मोहम्मद नाबीले १४ रन बनाएका थिए । यो पराजयसँगै अफगानिस्तानले समूह चरणमा दुई खेल जितेर ४ अंक मात्र बनाएको छ ।

न्यूजील्यान्डले २ विकेट गुमाएर १२५ रन बनाएको थियो । न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ४०, डेभोन कोन्भोएले ३६, मार्टिन गप्टीले २८ तथा ड्यारिल मिचेलले १७ रन बनाएका थिए ।

प्रतियोगितामा न्यूजील्यान्डले ५ खेलबाट ८ अंक बनाएर समूहमा दोस्रो स्थान हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले ४ खेलबाट ४ अंक बनाएको छ र भोलि सोमबार नामिबियासँग अन्तिम खेल खेल्दैछ ।

अफगानिस्तानले न्यूजील्यान्डलाई पराजित गरेको अवस्थामा मात्र भारतको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना हुन्थ्यो, तर त्यसो भएन । लिग चरणमा भारत न्यूजील्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो ।

सेमिफाइनलमा न्यूजील्यान्ड र इङल्यान्ड तथा पाकिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ । एजेन्सी

अंक तालिका

समूह कखेलअंकसमूह खखेल.अंक.
इङल्यान्डपाकिस्तान१०
अस्ट्रेलियान्यूजील्यान्ड
दक्षिण अफ्रिकाभारत
श्रीलंकाअफगानिस्तान
वेस्ट इन्डिजनामिबिया
बंगलादेशस्कटल्यान्ड

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }