बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप क्रिकेट : पाकिस्तान सेमिफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २२, २०७८
  • 515
    SHARES

काठमाडौं, २२ कात्तिक

जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ मा आफ्नो अपराजित यात्रालाई कायम राख्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।

सुपर बाह्रको समूह २ मा रहेको पाकिस्तानले गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।

पाकिस्तानले अब फाइनल प्रवेशका लागि समूह १ को उपविजेता अष्ट्रेलियासँग आउँदो बिहिबार सेमिफाइनल खेल खेल्नेछ ।

सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाएका थिए भने सोयब मल्लिकले ५४ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए ।

जीतका लागि १९० रनको चुनौती बोकेर ब्याटिङमा उत्रिएको स्कटल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटिएपछि यो जीत पाकिस्तानको पक्षमा गएको हो ।

यो जीतसँगै पाकिस्तान पाँच खेलमा अपराजित रहँदै १० अंकसहित शीर्ष स्थानमा रहने यस विश्वकपको एक्लो टोली बन्न पुगेको छ ।

अब आउँदो बुधबार न्युजिल्याण्ड इङ्ल्याण्डबीच पहिलो सेमिफाइनल खेल खेलिंदैछ भने बिहिबार पाकिस्तान र अष्ट्रेलियाबिच दोस्रो सेमिफाइनल खेल खेलिंदैछ ।

हिजै सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डद्वारा अफगानिस्तान आठ विकेटले पराजित भएको छ । न्युजिल्याण्डको यो जीतसँगै भारत समूह चरणबाटै बाहिरिएको छ । भारतले आज समूह चरणको अन्तिम खेल भने नामिबियासँग साँझ ७.४५ बजे खेल्दैछ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)