सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको पर्यटन प्रर्वद्धनका लागि श्रीलंकामा नेपाल सेल्स मिशन


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 373
    SHARES

काठमाडौं,३० कात्तिक

नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को सयुंक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ । मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारी सहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।

कोलम्बोमा आयोजना भएको सो कार्यक्रममा जाने टोलीलाई आइतवार बोर्डका कार्यकारी प्रमुख (सीइओ)डा. धनन्जय रेग्मीले विदाई गर्नु भएको थियो । यो कार्यक्रमबाट नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रबद्र्धनको कार्य गर्ने तथा नेपालबाट सहभागिता जनाउने व्यवसायीहरुले श्रीलंकन उपभोक्ता तथा पर्यटन व्यवसायीहरु माझ आफ्ना सेवाहरुको प्रबद्र्धन गर्दै श्रीलंकन आउटबाउण्ड टुर अपरेटरहरुसँग व्यवसायिक सम्बन्ध स्थापना एवं विस्तार गर्ने अपेक्षा गरिएको सिइओ रेग्मीले बताउनु भयो ।

बोर्डले यस अघि पनि श्रीलंकामा नेपालको प्रर्वद्धन गर्न नेपाल स्थित श्रीलंकन राजदुतावाससँगको सहकार्यमा नेपाली र श्रीलंकन व्यवसायीहरुबीच भच्र्युअल अन्तक्र्रिया आयोजना गरेको थियो । कोभिड १९ को संक्रमण कम हुँदै गर्दा बोर्डले विस्तारै विभिन्न मुलुकमा सेल्स मिसन आयोजना गर्ने कार्यक्रम अनुसार श्रीलंकामा मिसन आयोजना गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो सत्रमा श्रीलंकन व्यवसायीहरुसँग बीटुबी छलफल तथा दास्रो सत्रमा नेपाल नाइट कार्यक्रम आयोवजना गरिएको कार्यक्रममा सहभागी नेपाली व्यवसायी तथा नेपाल ¥याफटिङ एजेन्सिज एशोसिएसन नारामा महासचिव शिशिर खनालले जानकारी दिए । खनालका अनुसार कार्यक्रममा करिब ५० जना श्रीलंकन व्यवसायीहरु सहभागी भएका थिए यस्तै उनीहरुले यो कार्यक्रमपछि नेपाल र श्रीलंका दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)