शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार संगीतकार पौडेललाई प्रदान गरिने


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर २४, २०७८
  • 570
    SHARES

२४ मङ्सिर, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर राशिको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट शब्दको लागि चर्चित संगीतकार नवीन पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गरिएको छ ।

अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो । प्रतिष्ठानले सङ्गीतका अलावा पत्रकारिता र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)