शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुधारिएको खेल प्रदर्शन गर्नेमा आशावादी भलिबल


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २८, २०७८
  • 647
    SHARES

२८ मङ्सिर, काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियन्ससिपमा सहभागि हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले अहिले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा विगतमा हात पारेको नतिजालाई सुधार्न अभ्यास गरिरहेको छ ।

डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियनसिपमा सहभागि हुने पुरुष टोली यति बेला अन्तर्राष्ट्रिय सहभागिता राम्रो बनाउने तयारी गरिरहेको छ । सबै भइरहेको समस्या रिसिभ र सर्भिसमा देखिएको समस्यालाई सुधार गर्न डच प्रशिक्षक हान अबिङले प्रशिक्षण केन्द्रीत गरिहेका छन् । प्रशिक्षक अबिङले कोरोना महामारीका कारण दुई वर्ष देखी हुन नसकेको भलिबलमा सहभागिता नै उपलब्धि भएको भन्दै टोलीले उत्साहका साथ तयारी गरेको बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल भलिबल संघले आइतबारमात्र इम रानाको कप्तानीमा १२ सदस्सीय टिम घोषणा गरेको छ । जसमा मान बहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन । दक्षिण एसियामा औसत प्रदर्शन गर्ने टोलीले आगामी संस्करणको सहभागितालाई राम्रो बनाउने लक्ष्य सहित तयारी गरिरहेको छ । कोभिड–१९ का कारण नेपालले विगत दुई वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन् । सुरुआती चरणमा फिटनेस समस्या भए पनि अहिले अभ्यासको क्रममा कुनै पनि खेलाडीमा चोट नदेखिनु टोलीको सुखद पक्ष भएको प्रशिक्षक हान अबिङले थपे ।

यस्तै नेपाली टोलीका कप्तान इम राना मगरले तयारी सन्तोष जनक नै भएको बताए । छोटो समय भए पनि तयारी विगतको राम्रो भएको र विगतमा भन्दा राम्रो नतिजा निकाल्नमा आशावादी रहेको बताए । सहभागि ५ टोली मध्ये बंगलादेश र माल्दिभ्स नेपालकै स्तरको भएको र अन्य दुई टोली केही राम्रो भएकाले प्रतियोगिता अलि प्रतिस्पर्धात्मक बन्ने कप्तान इमले बताए ।

आईतबारमात्र बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को बैठकले महिलातर्फ ६ र पुरुषतर्फ ५ टिमले सहभागि निश्चय गरेको छ । महिलातर्फ आयोजक बंगलादेशसँगै नेपाल, माल्दिभ्स, श्रीलंका, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । अघिल्ला संस्करणमा विर्सनलायक प्रदर्शनबाट फर्किएको नेपाली पुरुष टोलीले यस पटक पदक छुने लक्ष्य बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)