शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केल्मीले नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गर्ने


  • माउन्टेन खबर
  • आइतवार, पुस ४, २०७८
  • 693
    SHARES

४ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोसाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजन गन आईतबार (आज) नेपाल क्रिकेट संघ (क्यान) र केल्मीबीच दुई वर्षे सम्झौता भएको हो । सम्झौंतामा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मीका नेपाल निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गर्नु भयो ।

सम्झौता अनुसार केल्मीले नेपालीको सिनियर, जुनियर र महिला टिमलाई केल्मीले आवश्यक पर्ने पोसाक प्रायोजन गर्नु पर्नेछ । सम्झौता २०२२ बाट सुरु भएर २०२३ को अन्तिमसम्ममा रहने क्यानले जनाएको छ । सम्झौता पछि बोल्दै क्यान अध्यक्ष चन्द र केल्मीका नेपाल निर्देशक न्यौपानेले आपसको साझेदारीले दुबैलाई साथ मिल्ने बताउनु भयो । क्रिकेटको बर्षमा कम्तिमा १३ टुर हुने भएकोमा सो सम्झौता राम्रो हुने आशा दुबै पक्षले राखेका छन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)