शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय कृष्ण यादव विजयी


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ९, २०७८
  • 735
    SHARES

जनकपुरधाम ,९ पुस।  नेपाली कांग्रेस प्रदेश २ सभापतिमा शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बन्नु भएका कृष्ण प्रसाद यादव विजयी हुनु भएको छ । यादवले ९९६ मत ल्याएर विजयी हुनु भएको हो । सभापतिका अर्का प्रत्यासी  रामसरोज यादवले ८५५ मत प्राप्त गर्नु भएको थियो ।

विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट रामसरोज यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री समेत हुनुहुन्छ । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाए पनि सफल भएन ।

खासगरी चुनावमा विमलेन्द्र निधिका लागि यो चुनाव निकै महत्वपूर्ण ठानिएको थियो । आफ्नै गृह प्रदेशमा रामसरोजको पराजयले निधिमाथि थप चुनौती थपिएको छ । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने समय अभावका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)