१२ पुस, काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले किर्गिस्तानलाई ३-० को सोझो सेटमा जित निकालेको छ। सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले कीर्तिस्तानलाई २५–८ २५–१५, २५–१७ को सेटमा हराउँदै लगातार पाँचौ खेलमा जित निकालेको हो ।
यससँगै नेपालले अब प्रतियोगिताको उपाधिका लागि मंगलबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ ।उज्वेकिस्तानले आजै सम्पन्न खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै फाइनलमा पुगिसकेको छ ।
