शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजन लिग: सातदोबाटोमाथि जावलाखेल युथ क्लब जीत


  • माउन्टेन खबर
  • सोमवार, पुस १२, २०७८
  • 643
    SHARES

१२ पुस, काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ज गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लिगमा दोस्रो जित निकालेको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे ।
खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाडेको सातदोबाटो खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । यसँसँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन् । साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

लिगमा सातौ चरणका खेल १६ गतेबाट हुनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)