शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाह्रौं संस्करणको ‘ग्लोब सकर अवार्ड’ फ्रान्सका युवा खेलाडी एम्बाप्पेलाई


  • माउन्टेन खबर
  • बुधबार, पुस १४, २०७८
  • 475
    SHARES

१४ पुस, काठमाडौं ।  फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी तथा फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे यस संस्करणको ग्लोब सकर अवार्डबाट सम्मानित भएका छन् ।

एम्बाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिष्टियानो रोनाल्डो गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीलाई पछि पार्दै भोटिङको आधारमा यो अवार्ड हात पारेका हुन् ।

२३ वर्षीय एम्बाप्पेले गत सिजन फ्रेन्च लिग वानमा २७ गोल गरेका थिए । एम्बाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले युईएफए नेसन्स लिगको उपाधी समेत जित्‍न सफल भएको थियो ।

संयुक्त अरब इमिरेट्सस्थित अल वाल्स प्लाजामा सम्पन्न भएको बाह्रौं संस्करणको यो अवार्ड समारोहमा एम्बाप्पेलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी जर्मन क्लब वार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले टिकटक फ्रेन्ड्स अवार्ड र म्याराडोना अवार्ड जित्‍न सफल भएका छन् ।

पोर्चुगिज फरवार्ड तथा म्यानचेष्टर युनाइटेडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले सर्वाधिक गोलकर्ता अलटाइम अवार्ड हात पारेका छन् । रोनाल्डोले व्यवसायिक खेलमा ८ सय भन्दा बढी गोल गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)