काठमाडौं, १८ पुस। विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।
आइतबार त्रिपरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अंक जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौं चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौं चरणको खेलमा विभागीय क्लब नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्र्दै मच्छिन्द्रले एएफसी कप छनोटका लागि टिकट पक्का गरेको हो । लिगमा मच्छिन्द्रले १७ अंकसहित शीर्षता बनाउँदा मनाङ मस्र्याङ्दी क्लब १६ अंकसहित दोस्रो स्थानमा रह्यो ।
एएफसी कप छनोट हुनका लागि गर या मरको अवस्थामा रहेको मच्छिन्द्रले स्थान सुनिल बलले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । २१ औ मिनेटमा सुनिल बलले विशाल राइको आकर्षक फ्रिकिकलाई सानदार हेड गर्दै अग्रता दिलाएका थिए । सुनिलको यो जारी लिगमा पाँचौं गोल हो । उनी सर्वााधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन । सोही अग्रता मच्छिन्द्रले अन्तिमसम्म जोगाउँदा पुलिस भने स्तब्ध हुन पुग्यो । अग्रता लिइसकेको मच्छिन्द्रले दोस्रो हाफमा पनि केहि राम्रा मौका बनाएपनि सदुपयोग गर्न सकेन ।
जितपछि मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ भन्दा १ अंकले अघि रहेको छ । मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ ।
लिगमा सोमबर पनि सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा फुटबल क्लबबीच दशरथ रंगशालामा हुनेछ ।
