शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मच्छिन्द्र,मनाङ र आर्मीलाई सफलता


  • माउन्टेन खबर
  • शनिबार, पुस २४, २०७८
  • 781
    SHARES

काठमाडौं, २४ पुस।  साविक विजेता मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिज लिग अन्तर्गत शनिबारको खेलमा जित निकालेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एएफसी छनोट कपमा योग्य भइसकेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि १–० को जित निकाल्दा पोखरा रंगशालामा घरेलु टोली मनाङ्ले च्यासल युथ क्लबलाई ५–० ले हराउँदा शनिबार सुखद नतिजा निकालेका हुन् । यस्तै दशरथ रंगशालामा नै भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यूरोड टिम (एनआरटी)लाई १–० ले हराएको छ ।

शीर्ष स्थानमा रहेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्सविरुद्ध अंक खोस्न आत्मघाटी गोल कुर्नु प¥यो । सुरुआतबाट नै दबाब दिएर खेलेको मच्छिन्द्रले केही अवसर पाए पनि सदुपयोग गर्न असफल भएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा अग्रता पाएको थियो । ६८औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेपछि पाएको अग्रता नै मच्छिन्द्रका लागि पर्याप्त बनेको थियो । मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रसमा शशील कुमार थापाले हेड गरेपछि प्राप्त बल क्लियर गर्ने क्रममा रोनिलले आफ्नै पोस्टमा गोल गरेका थिए । जितसँगै मछिन्द्रले ८ खेल २० अंक जोडेको छ । र, मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टोली यथावत छ ।

पोखरा रंगशालामा च्यासल युथ क्लबलाई पराजित गर्ने क्रममा मनाङ मस्र्याङ्दीले गोलको बर्षा नै ग¥यो । च्यासल युथ क्लबमाथि ५–० फराकिलो जित निकालेको हो । तालिकाको दोस्रो स्थानमा रहेको मनाङले ठ्रूलो अन्तरले हराउने क्रममा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक÷एक गोल गरे । मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गरेको थियो । पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङले यस सिजन तीन खेल खेलेको हो । जसमा मनाङ तीनै खेलमा सुखद नतिजा निकाल्दै मनाङले उपाधि होडलाई कायमै राखेको छ । मनाङले यस अघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ ।

उपाधि होडलाई कायम राख्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीले सुरुआतबाट नै एनआरटीलाई दबाबमा राखेको थियो । सोही क्रममा आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले गरेको निर्णायक भएको थियो । दिनेशले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई जित दिलाएका हुन । जगजित श्रेष्ठको क्रसमा अनमार्क रहेका दिनेशले हेडर मार्फता जाली चुमाउन सफल भएका थिए । यस जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । लिगमा अपराजित आर्मी लिगको चौंथो स्थानमा रहेको छ । यस्तै एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ ।

लिगमा आइतबार एक मात्र खेल हुनेछ । थ्रि स्टार क्लब र हिमालयन शेर्पाबीच हुने खेल दशरथ रंगशलामा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)