आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खोप कार्डका लागि नक्कली पाखुरा !


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २७, २०७८
  • 326
    SHARES

२७ पुस, रोम । इटालीका एकजना पुरुषले खोप नलगाईकनै खोप लगाएको प्रमाणपत्र लिन ठूलो जुक्ति लगाएका छन् ।

पेसाले दन्त चिकित्सक ती व्यक्तिले वास्तविक खोपबाट बच्न ‘रबर फोम’बाट बनेको नक्कली पाखुरा धारण गरी खोप लगाउन खोजेको बुझिएको छ ।

उनलाई खोप लगाउने बिएल्ला सहरकी स्थानीय नर्स फिलिप्पा बुआले इटालियन अखबार कोर्रिरे डेल्ला सेरालाई भनेकी छन्, “मैले खोप लगाउन खोज्नासाथ केही त गडबड हुनुपर्ने महसुस गरेकी थिएँ । मलाई उनको पाखुरा अलि बढी नै चिसो र चिपचिपे लाग्यो । सुरुमा त मलाई उनको पाखुरा नै नक्कली हो कि जस्तो लागेको थियो । मैले सोचेँ– गल्तीले उनले खोपका लाग नक्कली पाखुरा अघि सारेका होलान् । तर, वास्तविकता अर्कै निस्क्यो । उनले त सक्कली पाखुरामा नक्कली पाखुरा लगाएका रहेछन् ।”

बुआले दि न्युयोर्क टाइम्सलाई बताएकी छन्, ‘उनले तुरुन्तै आफ्नो उद्देश्यबारे बताए । उनले खोप नलगाईकनै कोभिड–१९ खोप प्रमाणपत्र खोजेका रहेछन् । वास्तवमा उनलाई पेसाको निरन्तरताका लागि सो प्रमाणपत्र नभई नहुने भएको रहेछ ।”

गएको महिना मात्र इटालीले बार, रेस्टुरेन्ट र थियटरलगायत अरू सार्वजनिकस्थलमा प्रवेश पाउन खोप लगाएको प्रमाणपत्र वा संक्रमित भएर उपचार गराएको स्वास्थ प्रतिवेदन देखाउनुपर्ने नयाँ नियम बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }