शुक्रबार, बैशाख २१, २०८१

मतदाताको भावनाअनुसार पार्टी सभापतिमा देउवालाई सहयोग गरेँ : नेता सिंह


  • माउन्टेन खबर
  • बिहिबार, पुस २९, २०७८
  • 436
    SHARES
भक्तपुर, २९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि बोल्दै उहाँले पहिलो चरणको निर्वाचनमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको बताउनुभएको हो ।

नेता सिंहले भन्नुभयो, “मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेण्डालाई सर्वाधिक मत दिनु भएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावनाअनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }