शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्ः मुख्यमन्त्री राउत


  • माउन्टेन खबर
  • शनिबार, माघ १, २०७८
  • 592
    SHARES
जनकपुर, १ माघ ।   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले विविधता परिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा मुख्यमन्त्री राउतले भन्नुभएको छ, “जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्साेल्लासपूर्वक मनाउने हुँदा यस्ता पर्व र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)