सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्याग्दीमा सरकारी सुविधा लिन खोप कार्ड अनिवार्य


  • माउन्टेन खबर
  • आइतवार, माघ २, २०७८
  • 652
    SHARES

२ माघ, म्याग्दी । म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो । यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थमा समेत कडाइका साथ लागू गरिने भएको छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारवाही गरिने बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमति ३२ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)