शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शहिद स्मारक लिग: एनआरटीद्वारा जावलाखेल २-०ले पराजित


  • माउन्टेन खबर
  • सोमवार, माघ ३, २०७८
  • 526
    SHARES

३ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटीले जित निकालेको छ ।

सोमबार दिउँसो भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे ।

खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको पासमा उनले जावलाखेलका गोलकिपरलाई बिट गर्दै सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए ।

जितसँगै एनआरटी ९ खेलमा १३ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । ९ खेलमा ८ अंकसहित जावलाखेल दशौं स्थानमा छ ।

यस खेलसँगै लिगमा नवौं चरणका खेलहरु सम्पन्न भएका छन् । नवौं चरणको समाप्तिमा साविक विजेता मछिन्द्र फुटबल क्लब स्पष्ट चार अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा कायम छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)