शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चाँडै खर्च विवरण सार्वजनिक गर्छाैँ : धुर्मुस-सुन्तली फाउन्डेसन


  • माउन्टेन खबर
  • सोमवार, माघ ३, २०७८
  • 506
    SHARES

काठमाडौं ,३ माघ।  चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।’

सहयोगी दाताले दिएको रकम हिनामिना भएको भन्दै आइतबार फाउण्डेशनविरुद्द मुद्दा दायर भएको थियो । फाउन्डेसनविरुद्द उजुरी परेको भोलिपल्टै धुर्मुस–सुन्तलीले विज्ञप्तिमार्फत खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएका हुन् । साथै, प्राप्त  सहयाेग रकम दुरूपयाेग नभएकाे पनि फाउन्डेसनले स्पष्ट रूपमा भनेकाे छ ।

साथै, आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।

‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाएको हो ।

सोभन्दा पहिले फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)