शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पिएम कम: एपीएफद्वारा पुलिससमक्ष १५८ रनको लक्ष्य


  • माउन्टेन खबर
  • बुधबार, माघ ५, २०७८
  • 623
    SHARES

५ माघ, काठमाडौं । पहिलो पटक ट्वान्टी–२० फर्म्याटमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल जारी छ ।

सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिसलाई एक सय ५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको जिम्मा पाएको एपीएफले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ५७ रन जोडेको हो ।

एपीएफका कप्तान शरद भेषावकरले १९, लोकेश बमले २७, सन्दीप जोराले २४ , भुवन कार्कीले १७ र अमर रौटेलाले २९ आसिफ शेख ९ रन बनाउँदा प्रदिप ऐरी ७ रनमा आउट भए ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन–तीन, गुल्सन झाले दुई तथा आरिफ शेख र योगेन्द्र कार्कीले एक–एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)