शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आहा रारा गोल्डकप :एपीएफको बिजयी सुरुवात


  • माउन्टेन खबर
  • बिहिबार, माघ ६, २०७८
  • 668
    SHARES

पोखरा , ६ माघ।  पोखरामा आज देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ ।

दर्शक बिना खेलाइएको खेलमा एपिएफको जितको लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् । खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको शुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो ।

निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् । मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहारारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ ।

कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शक बिनै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो खेल भोली हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)