शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशमा ओमिक्रोन फैलिएपनि छैन कुनै सर्तकता


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ७, २०७८
  • 635
    SHARES

७ माघ, काठमाडौं । मधेस प्रदेशको बजारहरुमा अत्याधिक भिड देखिएको छ ।

मधेश प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ । बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरु स्वास्थ्य मापदण्डा अपनाउन छाडेका छन । विनामास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन भने भिडभाड समेत देखिएको छ । मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिनु भयो । ५ सय २७ जना परिक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । पछिल्लो केहि दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमनको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये आइसीयुमा २ जना, एचडीयुमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन् । झाले खोप लगाउनेको संख्यामासमेत वृद्धि भएको बताउनुभयो । उहाँले करिब ५० प्रतिशतले खोप लगाएको जानकारी दिनुभयो ।

मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक झाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव ३, धनुषामा ५२ दशमलव ६, बारामा ५३ दशमलव ६, पर्सामा ५१ दशमलव १, सप्तरीमा ४७ दशमलव ७, सिरहामा ४६ दशमलव ८, रौतहटमा ३९ दशमलव ६ र महोत्तरीमा ३६ दशमलव ६ प्रतिशत पुगेको छ । तर बजार, सरकारी कार्यालयहरुमा अहिले पनि सर्वसधारणहरुको भिड लाग्ने गरेको छ । विनामास्क आउने गरेका छन ।

बजारमा भिडभाड देखिएको छ भने स्वास्थ्य मापदण्डलाई कडाई गराउन खासै चासो देखाइएको छैन । राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)