शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आहा रारा गोल्डकप पुलिस क्वार्टर–फाइनलमा


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ७, २०७८
  • 665
    SHARES

पोखरा,७ माघ ।  नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट एक÷एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)