शुक्रबार, बैशाख २१, २०८१

सरकारका छ महिना : राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धितर्फ उन्मुख


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ७, २०७८
  • 160
    SHARES

काठमाडौँ, ७ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताउनुभएको छ ।

उहाँले सरकारले कार्यभार सम्हालेको छ महिनाको अवधिमा भएका कार्य र हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट भएको र जनतामा आशा र भरोसा बढेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, “हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन । एक्काइसौँ शताब्दीको द्रुतगतिमा अघि बढिरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ ।”

यस अवधिमा सरकारलाई प्राप्त भएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय समर्थन, सहयोग र सहायताका लागि सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत एवम् सर्वसाधारण सबै एवं सम्बन्धित मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्थाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

गत असार २९ गते उहाँको नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }