शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आहा रारा गोल्डकप मनाङ मस्र्याङदी सेमीफाइनमा


  • माउन्टेन खबर
  • आइतवार, माघ ९, २०७८
  • 740
    SHARES

पोखरा , ९ माघ । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रोल…

पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले समान एकएक गोल गरे ।

आजको खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए । यस अघि मनाङले ६ पटक उपाधि जितिसकेको छ। अब मनाङ र्मस्याङदीले अन्तिम चारमा एपीएपफसँग प्रतिष्पर्धा गर्ने भएको छ । भोली मछिन्द्र र डिफेन्डीङ च्याम्पियन संकटा भिड्ने भएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)