बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टीमा महासचिवको लागि आफ्नो दावेदारि रहने :वर्षमान पुन


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ११, २०७८
  • 455
    SHARES

काठमाडौँ ,११ माघ।
नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफ्नो दावेदारि रहने बताउनु भएको छ ।

चीनमा उपचार गरी हिजो राति काठमाडौँ ओर्लनु भएका नेता पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताउनुभयो । आफ्नो दाबेदारी प्रश्तुत गर्दा पार्टी भित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताउनुभयो ।

नेता पुनले भन्नुभयो ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’

यस्तै नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारिमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने पनि बताउनु भयो ।

नेता पुनले भन्नुभयो ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

झण्डै ४ महिना लामो उपचार सकेर नेता पुन आज साँझ नेपाल फर्किनुभएको हो । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत अशोज १३ गते थाईल्याण्डको बैंकक जानुभएको थियो । बैंकक पछि थप उपचारको लागी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }