शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा रंगशाला निर्माण


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ११, २०७८
  • 378
    SHARES

सोलुखुम्बुमा ,११ माघ।

एक गाउँपालिका एक खेल मैदान अवधारणा सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन हुन थालिसकेका छन् । समृद्धिको बाटोमा देश अगाडि बढिरहेको अवस्थामा खेलकुद त्यसको सूचक बन्न थालेको छ । एक गाउँपालिका एक खेल मैदानको अवधारणा जस्तै सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाले रंगशाला निर्माणका लागि स्थानिय र गाउँपालिकाको समन्वयमा नमुना रंगशाला निमार्णको काम तीब्र गतिमा अगाडि बढेको छ ।

देशमा संघियता लागू भएसँगै संघिय गतिविधि पनि आरम्भ हुन थालिसकेका छन् । जुन उदाहरण सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ स्थित कोर्कुमा भइरकेको रंगशाला निर्माणको कामले प्रस्टाएको छ । केन्द्रीय सरकारले आर्थिक वर्षको बजेट भाषणबाट एक गाउँपालिका एक खेल मैदान निमार्ण गर्ने योजना अगाडि सारेसँगै खेलकुद विकासका लागि सरोकारवालाहरु जोडिन थालेका छन् । सोही अनुसार गतिविधि सञ्चालन पनि हुन थालेका छन् । सोलुखुम्बुको एक दुर्गम स्थानमा स्थानीयबासी र गाउँपालिकाको समन्वयमा करिब २ सय ७० रोपनी भन्दा बढि जग्गामा रंगशाला निमार्ण भइरहेको छ । स्थानीय जनताले उपलब्ध गराएको जग्गामा रंगशाला निमार्णका लागि गाउँपालिकाले डिपिआर गरेको छ । पालिकाकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले बताए ।

रंगशाला निमार्णका लागि स्थानीयले निजि जग्गा निशुल्क उपलब्ध गराएका हुन । करिब ३५ घर धुरीले उपलब्ध गराएको जग्गामा अहिले रंगशाला निमार्णको काम भइरकेको छ । पछिल्लो समय खेलकुदबाट नेपालले विश्वमा चर्चा कमाईरहेको भन्दै खेलकुद विकासका लागि आफ्नै इच्छामा रंगशाला निमार्णका लागि जग्गा उपलब्ध गराएको जग्गा धनीहरु बताउँछन् ।

२ सय ७० रोपनी भन्दा बढी क्षेत्रफलमा निमार्ण हुन थालेको रंगशालामा तीन योजना रहेका छन् । फुटबल मैदानमा एथ्लेटिक्स ट्राक सहित निमार्णका कार्य अघि बढिरहेको छ । तीन मैदान मध्येको सबै भन्दा ठूलो फुटबल मैदान हुनेछ भने एक मैदानमा पुरुष भलिबल कोर्ट सहित ब्याडमिन्टन कोर्ट बनाउने योजना रहेको छ । एक मैदानमा भने महिला भलिबलको कोर्ट निमार्ण गर्ने योजना रहेको छ । २०७४÷७५ को आर्थिक वर्ष देखि सुरु भएको रंगशालालाई अत्याधुनिक बनाउने योजना सहित एकै पटक ब्याडमिन्टन, भलिबल र फुटबल खेल सञ्चालन गर्ने योजनाका साथ काम भइरकेको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताए ।

खेलकुद क्षेत्र लोकप्रिय भइरकेको अवस्थामा स्थानीय तहले पनि खेलकुद विकासका लागि देखाएको चासो उदाहरणीय छ । सबै स्थानीय तहबाट पनि यस्तै तदारुक्ता देखाए नेपाली खेलकुदमा भएको पूर्वाधार अभावको समस्या सुल्झिन धेरै वर्ष कुर्नु पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)