शुक्रबार, बैशाख २१, २०८१

प्रधानमन्त्रीलाई सिंगो पार्टीले सहयोग गर्नुपर्छ: नेता दीपक गिरी


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 328
    SHARES

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंगो पार्टीले सहयोग गर्नुपर्ने बताउनुभएको छ। उहाँले गुटका नाममा पार्टीलाई कमजोर बनाई आफ्नै पार्टी सरकारमा हुँदा प्रधानमन्त्रीलाई असहयोग गर्न नहुने बताउनुभएको हो।

नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमन्त्रीसमेत रहनुभएको नेता गिरीले पार्टीभित्र विरोधका नाममा मात्रै विरोध गर्ने प्रवृत्ति रहेकाले गुट खडा गरेर नेतृत्वको विरोध गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१४ औं महाधिवेशनबाट शेरबहादुर जी पार्टी सभापति हुनुहुन्छ, उहाँले गुटको होइन कि सबै कांग्रेसको सभापति भएर काम गर्नुपर्छ र अरुले पनि विरोधका नाममा विरोध गर्ने होइन।’

त्यस्तै उहाँले अहिले नै नेतृत्वको आलोचना गर्ने समय नआएको पनि बताउनुभएको छ। उहाँले सभापति एवं प्रधानमन्त्री देउवालाई पार्टीले एकढिक्का भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शेरबहादुर जीले राम्रो काम गरेको कुरामा गुटको नाममा धेरै विरोध गर्नु उचित होइन भन्छु म, यो समय संवेदनशिल समय हो, आज उहाँले गरेको उचित कुराको म कदर गर्छु,’ गिरीले भन्नुभयो, ‘गलत काम गर्नुभयो भने विरोध पनि गर्छु।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }