शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रियसभा सदस्यको निर्वाचन जारी, आजै नतिजा आउने


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 551
    SHARES

१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदान जारी छ । बुधबार सात वटै प्रदेशहरुमा तोकिएको मतदान स्थलमा मतदान सुरु भएको हो । जस अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल तोकिएको छ ।

त्यस्तै निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो ।

गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यको लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानको व्यवस्था गरिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा मतदान कार्य भईरहेको निर्वाचन आयोगले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, हेटौडामा बागमती प्रदेशको, प्रदेश निर्वाचन कार्यालय पोखरामा गण्डकी प्रदेश, कर्मचारी मिलन केन्द्र, दाङमा लुम्विनी प्रदेशको मतदान भईरहेको छ । कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदान भईरहेको छ भने सुदूरपश्चिम प्रदेशको प्रदेशसभा भवन धनघढीमा मतदान भईरहेको छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक्लै भिड्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }