शुक्रबार, बैशाख २१, २०८१

स्थानीय तहको चुनाव कानुनअनुरुप हुनुपर्छ: माधव नेपाल


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 311
    SHARES

१२ माघ, काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताउनु भएको छ ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताउनु भयो । अध्यक्ष नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनहरुले जित्ने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ । अहिले हामी ५ दलीय गठबन्धनमा छौँ । ५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ । आजबाट खालि रहेका राष्ट्रियसभा सदस्यहरुको १९ सिटका लागि ९ बजेबाट मतदान शुरु भइसकेको छ । ३ बजेसम्म मतदान हुनेछ । र सातै वटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ । मोआवादी ५ जना, काँग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ । ती उम्मेदवारहरुको आज फैसला पनि हुनेछ । हामीलाई आशा छ । १८ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ । त्यो परिणामले पनि तरंग पैदा गर्नेछ । तपाईहरु सुनिरहनु भएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने ? प्रदेशसभाको चुनाव कहिले गर्ने ? यस बारेमा व्यापक वहस भइरहेको छ । यो वहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानून अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदी एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }