बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सकियो


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 589
    SHARES

कैलाली , १२ माघ। सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सकिएको छ ।

बुधबार सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि मतदान भएको हो ।धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रेदेशसभा तर्फ कुल ५२ मध्ये पूरै र स्थानीय तहतर्फ पनि १ सय ७५ मत खसेको जानकारी दिनु भयो ।

उहाँका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने मतगणना पनि आजै शुरू गर्ने तयारी रहेको छ । मतगणना पनि प्रेदेशसभा परिसर भित्रै हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनु भएको हो ।

तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा रहेका छन् । गठबन्धनका तर्फबाट खुल्लामा काँग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी मदनकुमारी शाह गरिमा उम्मेदवार छन् भने एमालेबाट खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोशकुमारी शर्मा थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)