शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा महिलातर्फ गठबन्धनकी उर्मिला अर्याल विजयी


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 685
    SHARES

जनकपुरधाम, १२ माघ ।राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

निर्वाचनको मतपरिणाम अनुसार पाँच दलीय गठबन्धनका उम्मेदवार अर्याल विजयी भएकी हुन् । नेकपा माओवादी केन्द्रकी अर्याल महिला समूहबाट विजयी भएकी छन् ।

महिला समूहबाट विजयी भएकी अर्यालले ६ हजार १५६ मतभार ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले २ हजार ७५४ मतभार ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालीकी उम्मेदवार विना देवीको ३०६ मतभार आएको छ । महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ गरी कूल १९ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)