शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जितका लागि खेल्छौं–कप्तान किरण चेम्जोङ


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १४, २०७८
  • 896
    SHARES

काठमाडौं, १४ माघ ।पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ ।

दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ । उता भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ ।

केही सातादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ । खेलको अघिल्लो दिन शुक्रबार (आज) पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिबार मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताउनु भयो ।

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित हुनु भएन । यसअघि सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताउनु भएका प्रशिक्षक सामाजिक सञ्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा स्वास्थ समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले श्रेष्ठले बताउनु भयो । मुख्य प्रशिक्षक अलमुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी देश भएकाले शारिरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताउनु भयो । मैंत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीको रुपमा रहेको भन्दै सहायक प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलहरुमा भएका कमीकमजोरीलाई सुधार गर्दै सुखद् नतिजाका लागि खेल्ने बताउनु भयो ।

यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आपूmभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताउनु भयो ।

शनिबार हुने पहिलो मैंत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रिपूर्ण खेल मंगलबार खेल्दै छ । दशरथ रंगशालामा हुने खेल बेलुका ४ः४५ बजे हुँदैछ । सो खेलका लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिँदै छ । जसमा स्वास्थ मापदण्ड कडाईका साथ लागू हुनेछन् । प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परिक्षण गर्नेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)