बिहिबार, बैशाख २७, २०८१

कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा गर्छौं: महामन्त्री शर्मा


  • माउन्टेन खबर
  • बुधबार, माघ १९, २०७८
  • 434
    SHARES

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा हुने बताउनुभएको छ । महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा गर्दै दिशानिर्देश गर्ने बताउनुभएको हो ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उहाँले बताउनुभयो । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उहाँले उल्लेख गर्नुभयो । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उहाँको भनाई छ । त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कांग्रेसले निर्वाचनतर्फ जादैँ गर्दाखेरी दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरितका गतिविधिहरु, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको परफरमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफैपनि समिक्षा गरेर जान्छौँ । यसविचमा जे कमजोरी सरकारको भएका छन् त्यसलाई कसरी करेक्शन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुप¥यो भनेर भन्छ । पब्लिकलाई पनि के आग्रह गर्छौ भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस् है । एउटा विशिष्ट परिस्थितिमा बन्यो । संविधानविपरित कदम चालिएको, लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरिएको, संसदलाई विघटित गरिएको विशिष्ट परिस्थितिमा । हामीलाई जनताले म्याण्डेड बाहिर बस्न भनेर दिदादिदै पनि नचाहादा, नचाहादै पनि सरकारको नेतृत्व गरेर जानुप¥यो । त्यसकारण यो सरकारलाई संविधान अनुसार चल्ने, संविधान र संसदको रक्षा गरेर जाने सवालमा, महामारीबाट जनताको जीवन रक्षा गर्नको लागि सरकार कति गम्भिर भएर जान्छ भन्ने सवाल र निर्वाचन सम्पन्न गराउने राष्ट्रिय दायित्व पुरा गर्ने सन्दर्भमा सरकारलाई हेरिदिनुस्, समिक्षा गरिदिनुस् भन्छौँ पनि । जुन विषयमा जनताको प्रत्येक्ष चासो हुन्छ सरकारको छविको कुरो गासिन्छ, यि विषयमा कार्य सम्पादन समितिको बैठकले पनि सरकारलाई सजग गराउने, सरकारलाई ध्यानाकर्षण गराउने, सरकारलाई सुझाव पनि दिने कार्य गर्छ । खोपलाई अझ विशेष अभियानका रुपमा, महाअभियानका रुपमा लिएर जाने कुराको सन्दर्भमा पनि सरकारलाई थप घच्घचाउँछ । आगामी निर्वाचनको तयारीमा जादैँ गर्दाखेरी पार्टीको सबै तहलाई व्यवस्थित बनाउने, पार्टीका विभागहरु बनाउने दिशातर्फ जाने, भातृ र शुभेच्छुक संस्थाहरुलाई व्यवस्थित गर्न तर्फ लाग्ने ।’

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पुरा हुन नसक्ने पनि बताउनुभयो । सरकार संविधान अनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सो अनुसार भए नभएको जनताले समिक्षा गर्नुपर्ने बताउनुभयो । त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिले भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उहाँले बताउनुभयो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुनेपनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘केन्द्रीय कार्यसम्पादन समितिले केही निर्णय, केही सम्बोधन गर्नुपर्ने, केही व्यवस्थापन गर्नुपर्ने र केही नयाँखालका सांगठानिक परियोजनाको बारेमा दृष्टिकोण बनाएर जिम्मेवारीहरु बाँडफाँट गरेर जानुपर्ने अवस्था छ । एउटा, पार्टीको घरेलु जीवनको विषय जसभित्र पार्टीको कार्यसम्पादनको पूर्णताकै विषय आउला, अथवा नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका भातृ र शुभेच्छुक संस्थाहरुको महाधिवेशनसँग सम्बन्धित विषयमा टुंगोमा पुग्ने । अहिले हामी दुईवटा महामन्त्री भातृ र शुभेच्छुक संस्थाहरुको सन्दर्भमा केही वर्क आउट पनि गरिरहेका छौँ । अर्को, कार्यसम्पादन समितिको बैठक बसिसकेपछि देशभरी नै कार्यसम्पादन समिति बनाउने क्रम सुरु हुन्छ । सबै तहमा कार्यसम्पादन समितिहरु गठन हुन्छन् ।’

कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }