शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २१, २०७८
  • 543
    SHARES

२१ माघ, जलेश्वर । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नंको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)