शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बारामा गत वर्षभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ९, २०७८
  • 646
    SHARES

९ फागुन, बारा । नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजश्व सङ्कलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । योग गत आवको सङ्लित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)