१९ फागुन, पर्सा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन धमाधम सुरु भैरहेका छन् । यस्तै पर्सा जिल्लामा पनि अधिवेशनको माहोल तीब्र गतिमा अघि बढिरहेको छ ।
अधिवेशनमा सभापति देखी विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरि नेताहरू चुनावी प्रचारप्रसारमा होमीएका छन् । जिल्ला कार्य समिति ( अपांग कोटाबाट) नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिव, विश्व ज्योतिष महासंघ एसिया च्याप्टरका उपसभापति जो.पं पुरुषोत्तम दुबेले उम्मेद्वारी दिएका छन् ।
दुबेले सभापतिका उम्मेद्वार जनार्दन सिंह क्षेत्रीको प्यानलबाट उम्मेद्वारी दर्ता गराएका छन् । उनले आफू सहित सम्पुर्ण आफ्नो प्यानललाई विजयी गराउन हार्दिक अनुरोध गरेका छन् ।
