शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिथिला माध्यमिकी परिक्रमा सुरु


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १९, २०७८
  • 595
    SHARES

मिथिलाको महाकुम्भको रुपमा परिचित रहेको मिथिला माध्यमिकी परिक्रमा आज देखि सुरु भएको छ ।

बिहीवार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोला सहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौँको संख्यामा भक्तजनहरु जम्मा भइसकेका छन । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुनेगर्छ । मध्यमा र अन्तगृहमा लाखौको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन । नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ ।

फागुन प्रतिपदाका दिन भक्तजनहरु कलाणेश्वर पुग्छन् । एक रात पहिले नै अमावस्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोला सँगै राति विश्राम गर्ने परम्परा छ ।

हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्छ । कलाणेश्वरबाट गिरिजास्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ ।

दोस्रो बास महोत्तरीको मटिहानीमा हुन्छ । तेस्रो दिन जलेश्वर, चौथौँ दिन मड़ै, पाँचौ दिन ध्रुवकुण्ड, छठौँ दिन कञ्चनवन, सातौँ दिन क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एघारौँ दिन करुणा, बाह्रौँ दिन बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पुर्णाहुति हुन्छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्छन । परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)