शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संस्कृति र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १९, २०७८
  • 627
    SHARES

जनकपुर, १९ फागुन ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संस्कृति र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तेस्रो संस्करणको ‘नबिल बैंक जनकपुर साहित्य महोत्सव २०२२’ को आज जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र साहित्यको संरक्षण संवद्र्धन गर्नु सरकारको दायित्व भएकाले प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

“संस्कृति र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “सबै भाषा, संस्कृति र साहित्यको संरक्षण संवद्र्धनका लागि हामी प्रतिबद्ध छौँं ।” संस्कृति र साहित्यको संरक्षणका लागि हुने हरेक कार्यमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

मिथिला फाउण्डेशन नेपालको आयोजनामा सुरु भएको महोत्सव फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । मधेस र मधेसको संस्कार, संस्कृतिलाई देशभरि फैलाउने उद्देश्यले सुरु भएको महोत्सवको पहिलो दिन आज वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेस, साहित्य र म’ विषयमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

साहित्य महोत्सवअन्तर्गत फागुन २० गते मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष तथा पत्रकार श्यामसुन्दर यादवले मधेसमा साहित्य लेखनसम्बन्धी प्रस्तुत गर्ने कार्यपत्रमाथि विश्लेषक रोशन जनकपुरिया, लेखक गोपाल अस्क र रेणु गुप्ताले टिप्पणी गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक प्रियङ्का झाले जानकारी दिनुभयो ।

यस्तै ‘समाजमा विभेद’, ‘मधेसमा उद्यमी र मधेसको उद्योग’ तथा ‘शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा रामेश कोइराला, प्राध्यापक डा सुष्मा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डललगायतका विज्ञहरूले छलफल गर्ने कार्यक्रम तय भएको झाले बताउनुभयो ।

त्यस्तै फागुन २१ गते ‘महिला र राजनीति’ विषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

त्यस्तै ‘मधेस स् एक अवसर’ विषयक कार्यपत्रमाथि प्रतिनिधिसभा सदस्य विनोद चौधरी, राष्ट्रियसभा सदस्य डा विमला राई पौडेल तथा ‘परिवर्तनको सिद्धान्त’ विषयमा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक समितिका बिपी साहले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)