सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरामा फागु पूर्णिमा मनाउँदै विदेशी पर्यटक


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ३, २०७८
  • 641
    SHARES

३ चैत, पोखरा । पोखरामा विदेशी पर्यटकहरुले पनि फागु पूर्णिमा मनाएका छन् ।

पोखरेलीहरुसँगै विदेशी पर्यटकहरुले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण वरालले बताउनुभयो । महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक फागु पूर्णिमामा सहभागि भएका कतिपय विदेशीहरु पनि नेपालीहरुसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए । पर्यटकहरु बालबच्चाहरुसँग खुशी भएर रङ हान्न र अविर खेल्नमा ब्यस्त देखिन्थे ।

पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तिन किलोमीटर क्षेत्रमा पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेलेर पञ्चे वाजा, संगितका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो । यस प्रकारको महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले वताउनु भयो ।

महोत्सवको अवसरमा बिभिन्न स्थानमा कन्सर्ट राखिएको थियो । फागु पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता(डिएसपी) सुन्दरमणी तिवारीले जानकारी दिनुभयो । सुरक्षाका लागी पोखराका मुख्य चोकहरुमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)