सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ: मुख्यमन्त्री पोखरेल


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ५, २०७८
  • 426
    SHARES

५ चैत, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गर्नुभयो ।

संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उहाँले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गर्नुभयो । सरकारले वन ऐन ल्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

ढोरपाटन सिकार आरक्ष कार्यालयमा उक्त आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी लिनुभएको थियो । मुख्यमन्त्रीसहितको टोलीलाई ढोरपाटन सिकार आरक्ष कार्यालयका तर्फबाट प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराउनुभएको थियो । त्यस्तै ढोरपाटनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)