शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

झडपमा परि जसपाका सांसद प्रमोद शाह घाइते


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १२, २०७८
  • 771
    SHARES

१२ चैत, सर्लाही । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा परी घाइते भएका जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाडौं ल्याइएको हो ।

इश्वरपुर नगरपालिका–६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएका थिए । सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले उपचारका लागि काठमाडौं ल्याइएको बताइएको छ ।

सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।

घटनापश्चात प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)